चौध वर्षदेखि अलपत्र भवनमै पठनपाठन

भद्रपुर । भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयले १४ वर्षदेखि अलपत्र भवनमा पठन–पाठन गराइरहेको छ । लामो समयदेखि घामपानीबाट ओत लागेर विद्यार्थीले असहज रूपमा पढिरहेका छन्। सुविधा सम्पन्न भवनमा पढ्न पाउने उनीहरूको आशा लामो समयमा पनि पूरा हुने देखिँदैन। २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारत सरकार तथा भारतीय दूतावासले ४ करोड […]

Sep 16, 2024 - 03:34
 0
चौध वर्षदेखि अलपत्र भवनमै पठनपाठन

भद्रपुर ।

भद्रपुर नगरपालिका–३ स्थित अरनिको माध्यमिक विद्यालयले १४ वर्षदेखि अलपत्र भवनमा पठन–पाठन गराइरहेको छ । लामो समयदेखि घामपानीबाट ओत लागेर विद्यार्थीले असहज रूपमा पढिरहेका छन्। सुविधा सम्पन्न भवनमा पढ्न पाउने उनीहरूको आशा लामो समयमा पनि पूरा हुने देखिँदैन।

२०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारत सरकार तथा भारतीय दूतावासले ४ करोड २१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणका लागि ठेक्का लिएर करिब चार वर्षपछि २०७१ साल चैतदेखि भवन निर्माणको काम शुरू गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताउनुभयो।

ठेकेदारले भवन निर्माण कार्यमा शुरूदेखि नै ढिलासुस्ती गरेकाले भवन निर्माण पूरा नभएपछि झ्याल, ढोका नभएकै कक्षाकोठाबाट विद्यार्थीलाई पढाउन बाध्य भएको उहाँको गुनासो छ।

भवन निर्माणको विषयमा पटक–पटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको खरेलको भनाइ छ। जिविस खारेज भएर स्थानीय तहमा अधिकार प्रत्यायोजन भएपछि पनि पटक–पटक स्थानीय सरकारलाई गुहार्दासमेत सुनुवाइ नभएको उहाँ बताउनुहुन्छ।

विद्यालय भवन अलपत्र छाडेर ठेकेदार भागेपछि पठन–पाठनमा समस्या भएको अध्ययनरत विद्यार्थीको गुनासो छ। विद्यालयभित्र पढ्न साह्रै समस्या छ । कक्षाकोठामा झ्याल–ढोका छैनन् । बर्खामा पानी पस्छ, गर्मीमा बस्न सकिँदैन। सुरक्षित विद्यालय भवनबाट पठन–पाठन गर्न पाउने अधिकारविहीन हुनुपरेको छ।

अलपत्र भवनमै कष्टकर रूपमा पठनपाठन भइरहेको दृश्यले बालमैत्री भद्रपुर नगर सरकारलाई गिज्याइरहेको छ । ३२ कोठे दुईतले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेको पनि वर्षौं भइसक्यो । तत्कालीन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माण गर्ने स्वामित्व भद्रपुर नगरपालिकासँग आए पनि स्थानीय सरकार नै बेखबरजस्तै बनेको छ ।

भवन नबनेकाले कक्षाकोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register