सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम […]

Sep 16, 2024 - 06:32
 0
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।
अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।सोमबारका लागि युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैया ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्री दर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो ।
युके पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७५ रुपैँया ७६ पैसा र बिक्री दर एक सय ७६ रुपैँया ५५ पैसा कायम भएको छ । आइतबार पाउण्ड स्टर्लिङको मूल्य एकको खरिद दर एक सय ७५ रुपैँया ७० पैसा र बिक्री दर एक सय ७६ रुपैँया ४८ पैसा कायम गरिएको थियो । आज स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैँया ७३ पैसा र बिक्री दर एक सय ५८ रुपैँया ४४ पैसा कायम गरिएको छ । आइतबार स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५८ रुपैँया ११ पैसा र बिक्री दर एक सय ५८ रुपैँया ८२ पैसा कायम गरिएको थियो ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैँया ७८ पैसा र बिक्री दर ९० रुपैँया १८ पैसा कायम भएको छ भने क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैँया ५८ पैसा र बिक्री दर ९९ रुपैँया दुई पैसा कायम भएको छ ।
त्यस्तै, सिङ्गापुर डलर एकको खरिद दर आज एक सय तीन रुपैँया २० पैसा र बिक्री दर एक सय तीन रुपैँया ६६ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैँया ५१ पैसा र बिक्रीदर नौ रुपैँया ५५ पैसा कायम भएको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८८ पैसा र बिक्रीदर १८ रुपैँया ९६ पैसा कायम भएको छ । सोही मूल्य आइतबार पनि कायम थियो । साउदी अरेबियन रियाल पनि आइतबारको मूल्यमा घटबढ भएन । आइतबारझैँ साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैँया ६९ पैसा र बिक्रीदर ३५ रुपैँया ८५ पैसा कायम भएको छ ।
कतारी रियाल एकको खरिद दर ३६ रुपैँया ७४ पैसा र बिक्री दर ३६ रुपैँया ९० पैसा कायम भएको छ । यो मूल्य पनि आइतबारकै सरह हो । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैँया ०३ पैसा र बिक्री दर चार रुपैँया ०४ पैसा कायम भएको छ । आइतबार थाइ भाट एकको खरिद दर चार रुपैँया एक पैसा र बिक्री दर चार रुपैँया तीन पैसा कायम भएको थियो ।
युएई दिराम एकको खरिद दर ३६ रुपैँया ४६ पैसा र बिक्री दर ३६ रुपैँया ६३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम थियो । मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैँया १४ पैसा र बिक्री दर ३१ रुपैँया २८ पैसा कायम भएको छ । मलेसियन रिङ्गेटको मूल्यमा सोमबार घटबढ भएन ।
साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैँया सात पैसा र बिक्री दर १० रुपैयाँ १२ पैसा कायम भएको छ भने स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३ रुपैँया १५ पैसा कायम भएको छ ।
डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ८८ पैसा र बिक्री दर १९ रुपैँया ९७ पैसा कायम भएको छ । आइतबार डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्री दर १९ रुपैयाँ ९९ पैसा कायम भएको थियो । राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १७ पैसा र बिक्री दर १७ रुपैयाँ २५ पैसा तोकेको छ । यो मुल्यमा पनि आज घटबढ भएन ।
कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ९४ पैसा कायम भएको छ । आइतबार  कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८९ कायम भएको थियो । बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैँया ३५ पैसा र बिक्री दर तीन सय ५६ रुपैयाँ ९४ पैसा कायम भएको छ । आइतबार बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ३४ पैसा र बिक्री दर तीन सय ५६ रुपैँया ९३ पैसा कायम थियो ।
राष्ट्र बैंकले भारतीय रुपैँया एक सयको खरिद दर एक सय ६० रुपैँया र बिक्री दर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register