यी हुन् ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक सम्भावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ । गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो । एफबीआईकाअनुसार आक्रमणकारीभन्दा ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए । […]

Sep 16, 2024 - 07:28
 0
यी हुन् ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक सम्भावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ ।

गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो । एफबीआईकाअनुसार आक्रमणकारीभन्दा ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए ।

घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार अनुसार आरोपी झाडीबाट दौडेर काला निसान कारमा हामफालेको थियो ।

उसलाई धेरै पटक गोली चलाएपछि गिरफ्तार गरिएको थियो । पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो ।

यो घटना पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिनाअघि पेनसिल्वेनियामा गोली हानिएको घटनापछि भएको हो । यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो ।

गोली चलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । उनको नाम रायन रोथ हो । ५८ वर्षीय रोथ नर्थ क्यारोलिनाको ग्रिन्सबोरो क्षेत्रका बासिन्दा हुन् । उनी पेसाले पूर्व निर्माण मजदुर हुन् ।

रोथ यसअघि पनि लागुऔषध ओसारपसार, बिना लाइसेन्स र बिमा सवारीसाधन चलाएको आरोपमा पक्राउ परेका थिए । उनी सन् २०१७ मा हवाई गएका थिए । उनी घरबारविहीन मानिसका लागि साधारण आवास बनाउने सेड-निर्माण कम्पनी चलाउँछन् ।

डेली मेलका अनुसार यस वर्षको सुरुमा रिपब्लिकन पार्टीमा प्राइमरी चुनाव भइरहेका बेला रोथले ट्रम्पविरुद्ध लडिरहेका उम्मेदवार विवेक रामास्वामी र निक्की हेलीलाई समर्थन गरेका थिए ।

रोथ पक्राउ परेपछि उनको फेसबुक र एक्स एकाउन्ट बन्द गरिएको छ । उनले सामाजिक सञ्जालमा ट्रम्पविरुद्ध धेरै पोस्ट गरेका थिए । साथै, उनले डेमोक्र्याटिक पार्टीलाई समर्थन पनि गरेका छन् । रोथ युक्रेनका लागि कोष जुटाउने कार्यक्रममा संलग्न भएका थिए । उनी सन् २०२२ मा युक्रेन पनि गएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register