ललितपुरमा भेटियो नक्कली नेपाली नोट बनाउने कारखाना, १ हजार दरका ११५ थान नक्कली नोटसहित संचालक पक्राउ

काठमाडौं । ललितपुरमा नक्कली नेपाली नोट बनाउने कारखाना भेटिएको छ । ललितपुर महानगरपालिका वडा नं. ८ सौगलमा नक्कली नेपाली नोट बनाउने कारखाना भेटिएको हो । सौगलमा कोठा भाडामा लिएर नक्कली नोट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भई भक्तपुर बस्दै आएका रमेश रोक्का रहेका छन् । उनले […]

Sep 16, 2024 - 07:52
 0
ललितपुरमा भेटियो नक्कली नेपाली नोट बनाउने कारखाना, १ हजार दरका ११५ थान नक्कली नोटसहित संचालक पक्राउ

काठमाडौं । ललितपुरमा नक्कली नेपाली नोट बनाउने कारखाना भेटिएको छ । ललितपुर महानगरपालिका वडा नं. ८ सौगलमा नक्कली नेपाली नोट बनाउने कारखाना भेटिएको हो ।

सौगलमा कोठा भाडामा लिएर नक्कली नोट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भई भक्तपुर बस्दै आएका रमेश रोक्का रहेका छन् ।

उनले सौगलमा कोठा भाडामा लिएर नेपाली नक्कली नोट बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको प्रहरीले जनाएको छ । रोक्काको साथबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नेपाली नोटसमेत बरामद गरेको हो ।

हाल उनीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register