संसद्‌मा माओवादी- ‘हिंसा’ शब्द संविधान र राजनीतिक मूल्यविपरीत छ, संसद्को रेकर्डबाट हट्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हट्नैपर्ने अडान राखेको छ । सोमबार बसेको प्रतिनिधि सभामा बोल्दै माओवादी सांसद शक्तिबहादुर बस्नेले यस्तो अडान दोहोर्‍याएका हुन् । “हिंसा शब्दबारे धेरै भन्नु केही छैन । तर, संसद्‌मा हिंसा शब्द जुन सन्दर्भमा […]

Sep 16, 2024 - 08:52
 0
संसद्‌मा माओवादी- ‘हिंसा’ शब्द संविधान र राजनीतिक मूल्यविपरीत छ, संसद्को रेकर्डबाट हट्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सत्तारूढ दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हट्नैपर्ने अडान राखेको छ ।

सोमबार बसेको प्रतिनिधि सभामा बोल्दै माओवादी सांसद शक्तिबहादुर बस्नेले यस्तो अडान दोहोर्‍याएका हुन् ।

“हिंसा शब्दबारे धेरै भन्नु केही छैन । तर, संसद्‌मा हिंसा शब्द जुन सन्दर्भमा प्रयोग गरियो । त्यसले जनयुद्धमा जनसहभागिता, संविधान र राजनीतिक मूल्यविपरीत छ,” सांसद बस्नेतले भने ।

उनले हिंसा शब्दलाई विस्तृत शान्ति सम्झौता, संविधानलगायतका महत्त्वपूर्ण दस्ताबेजहरूले सशस्त्र आन्दोलनका रूपमा स्वीकार गरेको तर, त्यसलाई बेवास्ता गरेर पूर्वग्रहपूर्ण रूपमा अभिव्यक्ति दिइएको बताए ।

सांसद बस्नेतले नेपाल एकीकरणपछिको सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण परिघटना माओवादी जनयुद्ध रहेको दाबीसमेत गरे । “जहाँ, शहर बजारमा सम्पन्न मान्छेदेखि गाउँको कुनामा बस्ने सिमान्तकृत समुदायसम्म सरिक थिए । उनीहरूको सहभागितामा सम्पन्न १० वर्षे सशस्त्र जनयुद्धलाई बेवास्ता गर्नुहुन्न,” उनले भने ।

उनले माओवादी जनयुद्ध समस्या नभइ, समाधान रहेको दाबी गरे । “शान्ति प्रक्रियाको भावना र जनयुद्धको भूमिकालाई यहाँ व्यक्त भएका अभिव्यक्तिहरूप्रति हाम्रो दलको असहमति, विरोध र आपत्तिको व्यक्त गर्न चाहन्छु,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register