संसद्‌मा रास्वपा- बचतकर्ताको बचत सुरक्षित हुन्छ भनेर संसदीय समिति बनाउन राजी भएका थियौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूविरुद्ध मिडिया ट्रायल सुरु भएको बताएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समितिमा बोल्दै रास्वपा सांसद डीपी अर्यालले यस्तो बताएका हुन् । “हिजोबाट हामीविरुद्ध, रास्वपाविरुद्ध मिडिया ट्रायल सुरु भयो,” उनले भने । उनले अगाडि भने, “केही समयअघि माननीयज्यूहरूले पाखुरा सुर्काउँदै संसदीय छानबिन समिति गठनको माग गर्नुभयो । […]

Sep 16, 2024 - 09:36
 0
संसद्‌मा रास्वपा- बचतकर्ताको बचत सुरक्षित हुन्छ भनेर संसदीय समिति बनाउन राजी भएका थियौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूविरुद्ध मिडिया ट्रायल सुरु भएको बताएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समितिमा बोल्दै रास्वपा सांसद डीपी अर्यालले यस्तो बताएका हुन् ।

“हिजोबाट हामीविरुद्ध, रास्वपाविरुद्ध मिडिया ट्रायल सुरु भयो,” उनले भने ।

उनले अगाडि भने, “केही समयअघि माननीयज्यूहरूले पाखुरा सुर्काउँदै संसदीय छानबिन समिति गठनको माग गर्नुभयो । बचतकर्ताको बचत फिर्ता गर्नका लागि सहयोग पुग्छ भन्ठान्यौँ र समिति गठनका लागि राजी भयौँ । तर, हिजोबाट त्यही सन्दर्भमा हाम्रैविरुद्ध मिडिया ट्रायल सुरु भयो ।”

उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङविरुद्ध पनि छानबिन हुनुपर्ने बताए । “अहिले त प्रमाणैप्रमाण छ, ज-जसको नाम आएको छ,” उनले भने, “सबैविरुद्ध छानबिन हुनुपर्छ ।”

  • सम्बन्धित समाचार

संसदीय समितिको प्रतिवेदनमा सातै सदस्यले गरे हस्ताक्षर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register