भरतपुर उड्न लागेको बुद्ध एयरको विमानमा समस्या

काठमाडौँ । बुद्ध एयरको विमानमा समस्या देखिएको छ । सोमबार काठमाडौँबाट चितवनको भरतपुर टेक अफ गर्न लागेको बुद्ध एयरको ९ एन-एआईटी विमानमा समस्या देखिएको हो । उक्त विमानको सोमबार बिहान ७:१५ बजेको उड्ने तालिका थियो । तर, विमानको चक्कामा समस्या देखिएपछि उडान रद्द भएको थियो । प्राविधिक समस्या भन्दै ट्याक्सी वे ‘इको’मा रोकेर विमानमा सवार […]

Sep 16, 2024 - 09:56
 0
भरतपुर उड्न लागेको बुद्ध एयरको विमानमा समस्या

काठमाडौँ । बुद्ध एयरको विमानमा समस्या देखिएको छ । सोमबार काठमाडौँबाट चितवनको भरतपुर टेक अफ गर्न लागेको बुद्ध एयरको ९ एन-एआईटी विमानमा समस्या देखिएको हो ।

उक्त विमानको सोमबार बिहान ७:१५ बजेको उड्ने तालिका थियो । तर, विमानको चक्कामा समस्या देखिएपछि उडान रद्द भएको थियो ।

प्राविधिक समस्या भन्दै ट्याक्सी वे ‘इको’मा रोकेर विमानमा सवार यात्रुहरूलाई ओरालिएको थियो । सोहि कारण अन्य आन्तरिक उडान पनि आज केही समय डिले भएको थियो ।

हाल सो विमानको मर्मत सम्भार भईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register