यूएन महासभामा सहभागी हुने जानकारी दिँदै प्रधानमन्त्रीले भने- त्यहाँ आन्तरिक उत्तेजना छरिने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घ (यूएन) को महासभामा सहभागी हुने जानकारी संसद्लाई गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू महासभामा सहभागी हुने जानकारी गराएका हुन् । उनले महासभामा आन्तरिक उत्तेजनाहरू नछर्ने प्रतिबद्धता जनाए । “आन्तरिक प्रवृत्तिहरूको बारेमा धेरै साथीहरूले कुरा उठाउनुभएको छ । भाषा, शैली, उत्तेजना वा […]

Sep 16, 2024 - 09:52
 0
यूएन महासभामा सहभागी हुने जानकारी दिँदै प्रधानमन्त्रीले भने- त्यहाँ आन्तरिक उत्तेजना छरिने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घ (यूएन) को महासभामा सहभागी हुने जानकारी संसद्लाई गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू महासभामा सहभागी हुने जानकारी गराएका हुन् ।

उनले महासभामा आन्तरिक उत्तेजनाहरू नछर्ने प्रतिबद्धता जनाए । “आन्तरिक प्रवृत्तिहरूको बारेमा धेरै साथीहरूले कुरा उठाउनुभएको छ । भाषा, शैली, उत्तेजना वा व्यवहार; यस्ता विषयहरूलाई त्यहाँ लगेर छरिने छैन । त्यहाँ राष्ट्रका समस्या, चुनौती, अभिभाराहरूबारे छलफल गरिनेछ,” उनले भने ।

प्रधानमन्त्री ओलीले यसपटक विगतका महासभामा भन्दा गम्भीर रूपमा छलफल हुने बताए । “यसपटक सामान्य सम्बोधन गर्ने मात्रै विषय होइन, विभिन्न विषयमा केन्द्रित भएर राष्ट्रसङ्घले नै छलफलको आयोजना गरेको छ । फ्यूचर सम्मिट भनेर आयोजना गरिँदैछ । यो भनेको मानव जाति र धर्तीको सुरक्षित भविष्यको सुनिश्चिताको छलफल हो । यसमा सर्वप्रथम: नेपालको दृष्टिकोण राखिनेछ,” उनले भने ।

उनले सदनलाई ढुक्क रहन आग्रह गरे । “मैले आएपछि पनि सदनलाई रिपोर्टिङ गर्छु । नेपालको शिर तल पर्नेगरी, नेपालको प्रतिष्ठालाई केही पनि तल पर्नेगरी तल पर्दिनँ,” उनले भने ।

प्रधानमन्त्री ओली असोज ४ गते महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register