छानबिन समितिका सदस्य खनाल भन्छन् – रविजीले क्लीन चिट पाउनुभयो

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य शिशिर खनालले सभापति रवि लामिछानेले क्लीन चिट पाएको बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । रविले क्लीन चिट पाउनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘’जुन आरोप उहाँलाई लगाइएको थियो, हामीसित हिनामिनाको तथ्यप्रमाण छ भनिएको थियो, त्यसबाट पूर्णरुपमा क्लीनचिट पाउनुभएको […]

Sep 16, 2024 - 10:16
 0
छानबिन समितिका सदस्य खनाल भन्छन् – रविजीले क्लीन चिट पाउनुभयो

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य शिशिर खनालले सभापति रवि लामिछानेले क्लीन चिट पाएको बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

रविले क्लीन चिट पाउनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘’जुन आरोप उहाँलाई लगाइएको थियो, हामीसित हिनामिनाको तथ्यप्रमाण छ भनिएको थियो, त्यसबाट पूर्णरुपमा क्लीनचिट पाउनुभएको छ ।’’

लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालले बताए ।

उनले भने, ‘समितिको छानबिनमा सहकारीबाट पैसा निकाल्न कुनै पनि हिसाबले रवि लामिछानेको भूमिका देखिएन । जीबी राईसहित सहकारीका सञ्चालकहरुको योजनामा निर्देशनमा पैसा गएको देखिन्छ । जुन आधारमा समिति बनाइएको थियो, त्यो आधार नै यो समितिको तथ्यले प्रमाणित गरेन ।’

सहकारीबाट जीबी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै लामिछाने जिम्मेवार देखिएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register