थामिएन सेयर बजारको ओरालो यात्रा, परिसूचक २५ सयमा झर्‍यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर २५८० दशमलव ७६ को विन्दुमा झरेको छ । सोमबार ३१२ कम्पनीका ९२ हजार ८ सय १५ पटकको कारोबारमा १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री […]

Sep 16, 2024 - 10:32
 0
थामिएन सेयर बजारको ओरालो यात्रा, परिसूचक २५ सयमा झर्‍यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ५७ दशमलव ०३ अंकले घटेर २५८० दशमलव ७६ को विन्दुमा झरेको छ ।

सोमबार ३१२ कम्पनीका ९२ हजार ८ सय १५ पटकको कारोबारमा १ करोड ७० लाख ६१ हजार ८ सय ७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ रहेको छ ।

२२७ कम्पनीको सेयर मूल्य घट्दा १२ वटाको बढेको छ भने ३ वटाको स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेको छ ।

आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register