कांग्रेसले भन्यो- रविले निर्धक्क रूपमा ‘क्लिन चीट’ पाएँ भन्न मिल्दैन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘क्लिन चीट’ पाएँ भन्ने नमिल्ने बताएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । “उहाँ (रवि लामिछाने) गोरखा मिडियाको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । त्यो मिडिया […]

Sep 16, 2024 - 11:04
 0
कांग्रेसले भन्यो- रविले निर्धक्क रूपमा ‘क्लिन चीट’ पाएँ भन्न मिल्दैन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ‘क्लिन चीट’ पाएँ भन्ने नमिल्ने बताएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

“उहाँ (रवि लामिछाने) गोरखा मिडियाको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । त्यो मिडिया सहकारीबाट पैसा लिएरै सञ्चालन गर्नुभएको देखिन्छ । ८५ करोड लिएर कहाँ-कहाँ के-के गर्नुभयो ? अनि निर्धक्कपूर्वक क्लिन चीट पाएँ भन्दै घोषणा गर्दै हिँड्नुहुन्छ भने त्योभन्दा गैरजिम्मेवार के हुन्छ ? त्यो मिल्दैन,” उनले भने ।

उनले प्रतिवेदनअनुसार कारबाही अगाडि बढाउने बताए । उनले दोहोर्‍याए, “संक्षिप्त प्रतिवेदनबाटै के आयो भने गोरखा मिडिया सहकारीबाटै चलेको रहेछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register