बचत गर्न सिकाउँदै वडाध्यक्ष खड्का

ललितपुर।  ललितपुर महानगरपालिका–१८ का वडाध्यक्ष दामोदर खड्काले अभिभावकले जति रकम विद्यालयमा बचत गर्छन् त्यति नै रुपियाँ वडा कार्यालयले पनि थपेर विद्यार्थीका नाममा बचत गरिदिने बताएका छन् । ६०औं राष्ट्रिय बालदिवसका अवसमा शनिबार बालकुमारी निम्नमाध्यमिक विद्यालय सैंबुमा भएको राष्ट्रिय बालदिवस तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा उनले सो बताएका हुन् । ‘बचत गर्ने बानिको विकास गर्न यो […]

Sep 16, 2024 - 11:06
 0
बचत गर्न सिकाउँदै वडाध्यक्ष खड्का

ललितपुर। 

ललितपुर महानगरपालिका–१८ का वडाध्यक्ष दामोदर खड्काले अभिभावकले जति रकम विद्यालयमा बचत गर्छन् त्यति नै रुपियाँ वडा कार्यालयले पनि थपेर विद्यार्थीका नाममा बचत गरिदिने बताएका छन् ।

६०औं राष्ट्रिय बालदिवसका अवसमा शनिबार बालकुमारी निम्नमाध्यमिक विद्यालय सैंबुमा भएको राष्ट्रिय बालदिवस तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा उनले सो बताएका हुन् ।

‘बचत गर्ने बानिको विकास गर्न यो कार्यक्रम ल्याएका हौं । यसले विद्यार्थीको वृत्तिविकासमा टेवा पुग्नेछ ।’ –विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका खड्काले भने । विद्यार्थीलाई नैतिकशिक्षा दिन यसै शैक्षिक सत्रबाट संस्कृत पनि पढाउन थालिएको उनको कथन छ ।

विभिन्न जातजातिका छात्राहरूको स्वस्तिवाचनबाट सुरुआत गरिएको कार्यक्रममा अन्तरविद्यालय नृत्य प्रतियोगिता पनि गरिएको थियो । ‘यो देश मेरो पनि होइन र’ शीर्षकको गीतमा नृत्य गर्ने छात्राहरू उत्कृष्ट भएका थिए ।

उत्कृष्ट नृत्य गर्ने ८ जना विद्यार्थीलाई जनही नगद पुरस्कारसहित शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्रराज पौडेलले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register