संसद्को बजेट अधिवेशन : ५६ वटा बैठक, २०६ घण्टा २५ मिनेट छलफल (पूर्णपाठ)

सभामुख घिमिरेले सदनमै संसद्को हिउँदे अधिवेशनमा १४ जना सांसदहरू १० बैठकभन्दा बढी अनुपस्थित भएको जानकारी गराए ।

Sep 16, 2024 - 11:32
 0
संसद्को बजेट अधिवेशन : ५६ वटा बैठक, २०६ घण्टा २५ मिनेट छलफल (पूर्णपाठ)

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबार (आज) राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसअनुरूप राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरिसकेका छन् ।

२०८१ वैशाख २८ गते मङ्गलबार सुरु भएको अधिवेशन १३० दिन चलेको सभामुख देवराज घिमिरेले सदनमै जानकारी गराएका छन् ।

सभामुख घिमिरेका अनुसार यसबीचमा ५३ दिनमा ५६ वटा बैठक बस्यो । “जम्मा २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा व्यतीत गरियो,” उनले भने, “त्यसमा दुवै सदनको बैठकमा २ पटक बस्यो, जसमा ३ घण्टा ५५ मिनेट व्यतीत भयो ।”

यसैबीच सभामुख घिमिरेले सदनमै संसद्को हिउँदे अधिवेशनमा १४ जना सांसदहरू १० बैठकभन्दा बढी अनुपस्थित भएको जानकारी गराए । उनका अनुसार विविध कारणले उनीहरू लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएका हुन् ।

जारी प्रतिनिधिसभा बैठक । तस्वीर : नेपालभ्युज ।

उनका अनुसार चारजना सांसद हिउँदे अधिवेशनभरि अर्थात् ५६ वटै बैठकमा गयल थिए । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा, नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेत र मनोरमा शेरचन र नेकपा (एमाले) का वसन्तकुमार नेम्वाङ रहेका छन् । उनीहरू स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित हुन नसकेको सभामुख घिमिरले बताए ।

दुवै सदनको चालु अधिवेशन अन्त्य

त्यस्तै गीता बस्नेत ४७ बैठक, कालुराम राई १८ बैठक, प्रकाशमान सिंह १७ बैठक, नारायण खड्का १६ बैठक, राजु थापा १० बैठक, डा. सुनिलकुमार शर्मा ११ बैठक, कान्तिका सेजुवाल १५ बैठक, प्रेमबहादुर महर्जन १० बैठक, गोकर्णराज विष्ट १२ बैठक र नारायण प्रकाश साउद १० बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register