५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष (पूर्णपाठसहित)

आएको रकम खर्च गर्नेमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन पदाधिकारी रहेको भनिएको छ । तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि थिए । तर, उनको नाम किटान गरेर दोषी भने भनिएको छैन ।

Sep 16, 2024 - 11:44
 0
५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष (पूर्णपाठसहित)

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ । आएको रकम खर्च गर्नेमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन पदाधिकारी रहेको भनिएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने पनि थिए । तर, उनको नाम किटान गरेर दोषि भने भनिएको छैन ।

सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको विषयमा सहकारी समितिले ८ वटा सुझाव दिएको छ ।

स्रोतका अनुसार जीबी राई समूहले सञ्चालन गरेका ७ मध्ये ५ वटा सहकारीबाट गोर्खा मिडियामा २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको पाइएको छ । यसमध्ये ६५ करोड रुपैयाँ सहकारीको रकम अपचलन भएको समितिको निष्कर्ष छ ।

समितिका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको छ ।

यसमा सहकारी सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register