विश्वकप लिग–२ क्रिकोणात्मक सिरिजमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ क्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । ब्याटिङ राम्रो गर्न नसकेपछि २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको हो । नेपालका लागि करण केसीले सर्वाधिक मात्र २७ रन बनाउन सफल भए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, […]

Sep 17, 2024 - 02:32
 0
विश्वकप लिग–२ क्रिकोणात्मक सिरिजमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग–२ क्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । ब्याटिङ राम्रो गर्न नसकेपछि २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको हो ।

नेपालका लागि करण केसीले सर्वाधिक मात्र २७ रन बनाउन सफल भए । सन्दीप लामिछाने २२, आसिफ शेख २०, भीम सार्की १८, गुलशन झा १५, कुशल मल्ल १२, दीपेन्द्र ऐरी ८, सोमपाल कामी ६ र रोहित पौडेलले मात्र ५ रन बनाएर आउट भए । ओपनर कुशल भुर्तेलले मात्र १ रन जोडे ।

क्यानडाका तीब्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २–२ विकेट लिएका थिए । सादविन जाफरले १ विकेट लिए ।

त्यसअघि किंक सिटीमा रहेको मप्ले अ‍ेआफ नर्थ वेस्ट क्रिकेट मैदानमा टर हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाउनको थियो ।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान २–२ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १–१ विकेट लिएका थिए । प्रतियोगितामा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register