रास्वपाले बहुमत नल्याउँदासम्म पुराना पार्टीका टाउको दुखिरहन्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको आगमन पुराना पार्टीको लागि टाउको दुखाइको विषय बनेको बताएका छन् । मंगलबार पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो । हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ । रास्वपा सकियो […]

Sep 17, 2024 - 06:56
 0
रास्वपाले बहुमत नल्याउँदासम्म पुराना पार्टीका टाउको दुखिरहन्छ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको आगमन पुराना पार्टीको लागि टाउको दुखाइको विषय बनेको बताएका छन् ।

मंगलबार पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो । हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ । रास्वपा सकियो भन्ने पनि छन् । तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो ।’

उनले थप भने, ‘सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस् । दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौं । हामी त फैलँदै छौं ।’

उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए । ‘हाम्रो हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि हो । कसैलाई आक्षेप लगाउन होइन ।’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register