मस्कले बाइडेन र ह्यारिसबारे एक्समा के लेखेका थिए, जुन हटाउनुपर्‍यो ?

काठमाडौं । अमेरिकी गुप्तचर सेवाले अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा अर्बपति इलोन मस्कले एक्समा लेखेको कुरा आफूलाई जानकारी रहेको बताएको छ । मस्कले एक्समा राष्ट्रपति जो बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या प्रयास कसैले गर्न नसक्ने लेखेका थिए । तर, पछि उनले आफ्नो पोस्ट डिलिट गर्दै यो मजाक मात्र भएको बताए । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड […]

Sep 17, 2024 - 07:36
 0
मस्कले बाइडेन र ह्यारिसबारे एक्समा के लेखेका थिए, जुन हटाउनुपर्‍यो ?

काठमाडौं । अमेरिकी गुप्तचर सेवाले अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा अर्बपति इलोन मस्कले एक्समा लेखेको कुरा आफूलाई जानकारी रहेको बताएको छ ।

मस्कले एक्समा राष्ट्रपति जो बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या प्रयास कसैले गर्न नसक्ने लेखेका थिए ।

तर, पछि उनले आफ्नो पोस्ट डिलिट गर्दै यो मजाक मात्र भएको बताए ।

राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध आक्रमण प्रयास भएको खबर आएको एक घण्टापछि मस्कले आइतबार एक्समा त्यस्तो लेखेका थिए ।

मस्कलाई ट्रम्पका समर्थक मानिन्छ र ट्रम्पले दोस्रोपटक चुनाव जिते भने सरकारी दक्षता आयोगको जिम्मेवारी मस्कलाई सुम्पिने आश्वासन दिएका छन् ।

मस्कको पोस्टविरुद्ध धेरै जना एक्स प्रयोगकर्ताले आलोचना पनि गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register