यी तरकारी उमालेर खाँदा झन् धेरै फाइदा पाइन्छ

एजेन्सी । तरकारीकाँचो खाने कि उमालेको भन्ने विषयमा प्रायः बहस हुन्छ । वास्तवमा मानिन्छ कि तरकारी र फलफूल काँचो खाँदा नै सबैभन्दा राम्रो हुन्छ, किनभने त्यसबाट सबै पोषक तत्त्व प्राप्त हुन्छन् । यद्यपि, कतिपय यस्ता तरकारी र खाद्य पदार्थ छन्, जसलाई उमाल्दा तिनमा भएका पोषक तत्त्व हाम्रो शरीरका लागि दोब्बर फाइदाजनक साबित हुन सक्छन् । […]

Sep 17, 2024 - 08:52
 0
यी तरकारी उमालेर खाँदा झन् धेरै फाइदा पाइन्छ

एजेन्सी । तरकारीकाँचो खाने कि उमालेको भन्ने विषयमा प्रायः बहस हुन्छ । वास्तवमा मानिन्छ कि तरकारी र फलफूल काँचो खाँदा नै सबैभन्दा राम्रो हुन्छ, किनभने त्यसबाट सबै पोषक तत्त्व प्राप्त हुन्छन् ।

यद्यपि, कतिपय यस्ता तरकारी र खाद्य पदार्थ छन्, जसलाई उमाल्दा तिनमा भएका पोषक तत्त्व हाम्रो शरीरका लागि दोब्बर फाइदाजनक साबित हुन सक्छन् ।

यति मात्र होइन, उमालेर खाँदा हाम्रो शरीरको पाचन प्रक्रियालाई पनि सजिलो बनाउँछ । यहाँ यस्ता तरकारीबारे बताइएको छ, जसलाई उमाल्दा अझ पौष्टिक हुन्छन् ।

पालुङ्गो

पालुङ्गो अथवा पालक उमाल्दा यसको अक्सालेट स्तर घट्छ, जसले गर्दा क्याल्सियम र आइरनको अवशोषण बढ्छ । उमालेको पालुङ्गो विशेष गरी तिनीहरूको लागि फाइदाजनक हुन्छ जसको शरीरमा क्याल्सियम वा आइरनको कमी हुन्छ । साथै, उमालेको पालुङ्गो सजिलै पचाउन सकिन्छ ।

टमाटर

टमाटरमा लाइकोपिन नामक शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ, जसले क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ । टमाटर उमाल्दा यो अझ बलियो हुन्छ । उमाल्दा क्यारोटिनोइडको अवशोषण सुधार हुन्छ र आवश्यक एन्टिअक्सिडेन्टहरू सुरक्षित रहन्छन् । उमालेको टमाटर कम क्यालोरीयुक्त खाना हो, जसले तौल घटाउन चाहनेका लागि मद्दत गर्छ ।

ब्रोकाउली

ब्रोकाउली उमालेर खाँदा ग्लुकोसाइनोलेट्सको सन्तुलन कायम राख्न मद्दत गर्छ । ग्लुकोसाइनोलेट्स क्यान्सरलाई ठीक गर्ने गुण भएका कम्पाउन्डहरूको समूह हो । उमालेको ब्रोकाउली नरम हुन्छ, जसले गर्दा यसलाई चपाउन र पचाउन सजिलो हुन्छ ।

सखरखण्ड

सखरखण्ड भिटामिन, मिनरल्स र फाइबरले भरिपूर्ण हुन्छ । सखरखण्ड उमाल्दा यसमा रहेको बीटा–क्यारोटिनको अवशोषण शक्ति बढ्छ । सखरखण्डबाट प्राप्त हुने भिटामिन ए आँखा, इम्यून सिस्टम र छालाका लागि महत्त्वपूर्ण हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register