इन्द्रजात्रामा अघिल्लो साल विदेशी अतिथि बोलाएका बालेनले यसपालि किन गरे बहिस्कार !

अघिल्लो वर्ष मेयर बालेन्द्र साहले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए । तर, यसपालि आफैँले बहिष्कार गरे । इन्द्रजात्रा छल्नकै लागि उनी भारतको बैंगलोर पुगेको छन् ।

Sep 17, 2024 - 12:32
 0
इन्द्रजात्रामा अघिल्लो साल विदेशी अतिथि बोलाएका बालेनले यसपालि किन गरे बहिस्कार !

काठमाडौं । इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा गरिएको विशेष समारोहमा महानगरका मेयर बालेन्द्र साह गएनन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरू उपस्थित समारोहमा महानगरको नेतृत्व उपमेयर सुनिता डङ्गोलले गरिन् । उनैले राष्ट्रपतिसहित विशिष्ट पाहुनाहरूलाई स्वागत गरेकी थिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर साह भने भारतमा रहेका बुझिएको छ । अघिल्लो वर्ष मेयर बालेन्द्र साहले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए ।

तर, यसपालि आफैँले बहिष्कार गरेका छन् । इन्द्रजात्रा छल्नकै लागि उनी भारतको बैंगलोर पुगेको सचिवालयको दाबी छ ।

समारोहमा बालेनका केही समर्थकहरू उनको नाम र तस्विर अंकित टिसर्ट लगाएर पुगेका थिए । कार्यक्रम सुरु नहुँदै पुगेका उनीहरूले हुलहुज्जत गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register