बालेनको आक्रोश- पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । मेयर शाहले मंगलबार सामाजिक संजालमार्फत सरकारले नै आफूले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस उडाएको संकेत गर्दे आक्रोश व्यक्त गरेका हुन् । उनले सरकारलाई आफ्नो  पोस्ट उडाउने नभई दोषी समाउन आग्रह गरेका हुन् ।  उनले  लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार […]

Sep 3, 2024 - 14:33
 0
बालेनको आक्रोश- पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । मेयर शाहले मंगलबार सामाजिक संजालमार्फत सरकारले नै आफूले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस उडाएको संकेत गर्दे आक्रोश व्यक्त गरेका हुन् ।

उनले सरकारलाई आफ्नो  पोस्ट उडाउने नभई दोषी समाउन आग्रह गरेका हुन् ।  उनले  लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’

यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा राखेको एमाले सांसद सम्बन्धीको स्टाटस हटेको थियो ।

बालेनले दुई दिनअघि एउटा स्ट्याटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको आरोप लगाइएको पोस्ट अहिले हटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register