उद्योग वाणिज्य महासंघद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न उक्त कार्यक्रममा महासंघको कार्यसमितिले दशैं, तिहार र छठ पर्वको सुरुआतको अवसरमा सञ्चारकर्मीहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउन र भावी सहकार्यका सम्भावनाहरूमा छलफल गर्न आयोजना गरेको हो । अध्यक्ष ढकालले भने, “हाम्रो उद्देश्य भनेको सञ्चारकर्मीहरूसँग हाम्रो […]

Sep 17, 2024 - 13:52
 0
उद्योग वाणिज्य महासंघद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।

रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न उक्त कार्यक्रममा महासंघको कार्यसमितिले दशैं, तिहार र छठ पर्वको सुरुआतको अवसरमा सञ्चारकर्मीहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउन र भावी सहकार्यका सम्भावनाहरूमा छलफल गर्न आयोजना गरेको हो ।

अध्यक्ष ढकालले भने, “हाम्रो उद्देश्य भनेको सञ्चारकर्मीहरूसँग हाम्रो सम्बन्धलाई अझ बलियो बनाउँदै आगामी दिनहरूमा उद्योग तथा वाणिज्य क्षेत्रमा सञ्चार जगतको योगदानलाई पहिचान गर्दै थप सहकार्यको बाटो खन्नु हो । विशेषतः पर्वहरूको समयमा हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाउने उदेश्यले यो कार्यक्रम आयोजना गरेका छौं ।”

निजी क्षेत्र र संचारकर्मीबीच सधैं स्वस्थ सम्बन्ध रहिरहनेमा उनले विश्वास व्यक्त गरे । आजै महासंघले BIS (Business intelligence system) Portal को समेत लञ्च गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register