साउनमा फाइनान्स कम्पनीले १४ करोड बढी नाफा कमाए, सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स

काठमाडौँ ।  पछिल्लो एक महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । हाल संचालनमा रहेका १५ फाइनान्स कम्पनी मध्ये १२ फाइनान्स नाफामा देखिएका छन् भने ३ फाइनान्स कम्पनी घाटामा […]

Sep 18, 2024 - 07:32
 0
साउनमा फाइनान्स कम्पनीले १४ करोड बढी नाफा कमाए, सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स

काठमाडौँ ।  पछिल्लो एक महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

हाल संचालनमा रहेका १५ फाइनान्स कम्पनी मध्ये १२ फाइनान्स नाफामा देखिएका छन् भने ३ फाइनान्स कम्पनी घाटामा देखिएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । यसले एक महिनामा ८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, धेरै नाफा कमाउनेको सुचिमा दोश्रो स्थानमा आइसीएफसी फाइनान्स रहेको छ । यसले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यता, घाटा बेहोर्नेमा बेस्ट फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्स रहेका छन् । ति मध्ये सबैभन्दा धेरै घाटा बेहोर्नेमा समृद्धि फाइनान्स रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register