सिम्रिक साकोसको अध्यक्षमा पुनः सुवास भट्टराई सर्वसम्मत

बिर्तामोड, २ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको आज भएको १४ औं साधारणसभा अन्तर भएको निर्वाचनबाट पुरानै कार्यसमिति सर्वसम्मत चयन भएका छन् । चार वर्षे कार्यकालका लागि संस्थाको अध्यक्षमा सुवास भट्टराई पुनः सर्वसम्म निर्वाचित हुनुभएको हो । संस्थाको उपाध्यक्षमा किरण कपुरी, [...] The post सिम्रिक साकोसको अध्यक्षमा पुनः सुवास भट्टराई सर्वसम्मत appeared first on Jhapa Online.

Sep 18, 2024 - 08:45
 0
सिम्रिक साकोसको अध्यक्षमा पुनः सुवास भट्टराई सर्वसम्मत

बिर्तामोड, २ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।

संस्थाको आज भएको १४ औं साधारणसभा अन्तर भएको निर्वाचनबाट पुरानै कार्यसमिति सर्वसम्मत चयन भएका छन् । चार वर्षे कार्यकालका लागि संस्थाको अध्यक्षमा सुवास भट्टराई पुनः सर्वसम्म निर्वाचित हुनुभएको हो । संस्थाको उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा मेहरमान विष्ट चयन हुनुभएको छ । नौ सदस्यीय कार्यसमितिको सदस्यमा लीला अधिकारी मुखिया, सशीकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी चयन हुनुभएको निर्वाचन समिति संयोजक अधिवक्ता पवन कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी संस्थाको तीन सदस्यीय लेखा समितिको संयोजकमा रमेशकुमार अधिकारी, सदस्यमा मीनप्रसाद गुरागाईं र ओमराज राई चयन हुनुभएको छ । नवनिर्वाचित समितिको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष भट्टराईले सबै सदस्यलाई एकै प्रकारको व्यवहार गर्ने बताउनुभयो । यहाँले संस्थाको श्रीबृद्धिमा लागिपर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

The post सिम्रिक साकोसको अध्यक्षमा पुनः सुवास भट्टराई सर्वसम्मत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register