०८४ को चुनावमा बहुमत ल्याउने एमालेको लक्ष्य, यस्तो छ वार्षिक कार्ययोजना

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना तयार पारेको छ । हालै सम्पन्न पार्टीको सचिवालय बैठकले अन्तिम रूप दिएर पार्टी कमिटीमा पठाएको २४ पेज लामो एक वर्षे कार्ययोजनामा आगामी एक वर्षभित्र गर्नुपर्ने कार्यको सूची समेटिएको छ । साथै, ०८४ सालको आमनिर्वाचनमा बहुमत ल्याउन गर्नुपर्ने कार्य पनि कार्ययोजना उल्लेख छ […]

Sep 18, 2024 - 10:36
 0
०८४ को चुनावमा बहुमत ल्याउने एमालेको लक्ष्य, यस्तो छ वार्षिक कार्ययोजना

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना तयार पारेको छ ।

हालै सम्पन्न पार्टीको सचिवालय बैठकले अन्तिम रूप दिएर पार्टी कमिटीमा पठाएको २४ पेज लामो एक वर्षे कार्ययोजनामा आगामी एक वर्षभित्र गर्नुपर्ने कार्यको सूची समेटिएको छ ।

साथै, ०८४ सालको आमनिर्वाचनमा बहुमत ल्याउन गर्नुपर्ने कार्य पनि कार्ययोजना उल्लेख छ ।

कार्ययोजनामा पार्टी कार्यालयकोव्यवस्थापन र सञ्चालन, व्यवस्थित प्रचार कार्य र प्रचार सञ्जालको विस्तार, कामका नयाँ क्षेत्रहरूको खोजी र जिम्मेवारी नपाएका कार्यकर्ताको परिचालन, बजेट निर्माण र स्रोत परिचालन, पार्टी जीवनको शुद्धीकरण, आर्थिक-सामाजिक रूपान्तरण र जनचासोका विषय सम्बोधन, बलियो/निर्णायक राष्ट्रिय शक्तिको निर्माण, केन्द्रीय कार्यालय भवन निर्माणलगायको योजना छन् ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register