वाइकोको मनपरीबारे चौतर्फी प्रश्न उठेपछि नेप्से पुगे अर्थमन्त्री, बजार घटेको बारे चासो

काठमाडौँ । वाईकोको मनपरी बारे चौतर्फी प्रश्न उठेपछि अर्थमन्त्री बिष्णु पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यलयमा पुगेका छन् । बुधबार राजस्व सचिव, धितोपत्र बोर्डका अध्यक्ष, अर्थ मन्त्रालयअन्तर्गत सम्बन्धित विभागका सहसचिवलगायतको टोलीसहित अर्थमन्त्री नेप्सेको कार्यलय पुगेका हुन् । उनले नेप्सेको कारोबार प्रणाली टिएमएसमा समस्या आएको बारे प्रश्न गरेका थिए । केहि दिन अघि मात्र वाइकोले […]

Sep 18, 2024 - 12:08
 0
वाइकोको मनपरीबारे चौतर्फी प्रश्न उठेपछि नेप्से पुगे अर्थमन्त्री, बजार घटेको बारे चासो

काठमाडौँ । वाईकोको मनपरी बारे चौतर्फी प्रश्न उठेपछि अर्थमन्त्री बिष्णु पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यलयमा पुगेका छन् । बुधबार राजस्व सचिव, धितोपत्र बोर्डका अध्यक्ष, अर्थ मन्त्रालयअन्तर्गत सम्बन्धित विभागका सहसचिवलगायतको टोलीसहित अर्थमन्त्री नेप्सेको कार्यलय पुगेका हुन् ।

उनले नेप्सेको कारोबार प्रणाली टिएमएसमा समस्या आएको बारे प्रश्न गरेका थिए । केहि दिन अघि मात्र वाइकोले विभिन्न ब्रोकरलाई दिएको सफ्टवेयर मध्ये एक ब्रोकरको सफ्ट वेयर ‘बोस’ ह्याक भएको प्रति उनले ध्यानआकर्षण गरेका थिए ।

त्यस्तै, उनले अहिलेको प्रणालीमा सेयर कारोबारको गोपनीयता आवश्यक रहेको बताउँदै सामाजिक संजाल प्रयोग गरी इन्साइडर ट्रेडिङ र जालझेल भएको कुरा पत्ता लगाएर कारबाही गर्न निर्देशनसमेत दिएका थिए ।

अर्थमन्त्री पौडेलले ३ हजार बिन्दुमा पुगेको बजार र ३० अर्बको कारोबार देखिएको सेयर बजार यसरी किन घट्यो ? भन्दौ प्रश्न राखेका थिए । ‘एकपटक ३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ उनले प्रश्न गरे, ‘३०४० को बिन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्यो यसको जवाफ मलाई चाहियो ।’

त्यस्तै, उनले लगानीकर्ताले अहिलेको सरकारलाई विश्वास गरेको र यो विश्वासलाई टिकाउन सरकार बजार सुधारका पक्षमा रहेको जानकारी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register