आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सम्पन्न गर्यो बीमा अभिकर्ताको भर्चुअल तालिम

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको भर्चुअल तालिम सम्पन्न गरेको छ । कम्पनीले भाद्र १६ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको भर्चुअल तालिम सम्पन्न गरेको हो । तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता थियो । सो तालिम पश्चात कम्पनीसँग […]

Sep 5, 2024 - 09:25
 0
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सम्पन्न गर्यो बीमा अभिकर्ताको भर्चुअल तालिम

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको भर्चुअल तालिम सम्पन्न गरेको छ । कम्पनीले भाद्र १६ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको भर्चुअल तालिम सम्पन्न गरेको हो ।

तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता थियो । सो तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा उत्कृष्ट भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताहरुको माध्यमबाट ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register