गगन भन्छन् – गोरखा मिडिया त सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोरखा मिडिया प्रालि नामको कम्पनी सहकारी ठगेरै खोलिएको बताएका छन् । बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “गोरखा मिडिया प्रालि त कस्तो कम्पनी रहेछ भने एक पैसा पनि आफ्नो गोजीबाट नहालिएको, खोल्दा पनि सहकारी ठगेरै खोलिएको […]

Sep 18, 2024 - 12:08
 0
गगन भन्छन् – गोरखा मिडिया त सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोरखा मिडिया प्रालि नामको कम्पनी सहकारी ठगेरै खोलिएको बताएका छन् ।

बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“गोरखा मिडिया प्रालि त कस्तो कम्पनी रहेछ भने एक पैसा पनि आफ्नो गोजीबाट नहालिएको, खोल्दा पनि सहकारी ठगेरै खोलिएको कम्पनी रहेछ,” गगनले भने ।

उनले गोरखा मिडियामा सोचिएको भन्दा बढी ठगी भएको सहकारी विशेष संसदीय समितिको प्रतिवेदनले देखाएको बताए ।

“तर, के भनिएको छ भने ड्यामड्याम चेक काटेर दिइएको छ तर, मेरोचाहिँ दोष छैन भनिएको छ, मिल्छ ?,” उनले भने ।

उनले कम्पनी भन्नु नै सञ्चालक र एमडी भएको बताए । “कम्पनी भन्नु त अमूर्त कुरा हो तर, कम्पनी भन्नु नै एमडी हो, सञ्चालक हो,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register