‘छक्का पन्जा ५’ को गीत सार्वजनिक, गीतमा पूर्व प्रेमिकाको इन्गेजमेन्ट बिथोल्न आइपुगेका प्रेमीको गाली !

गीत हेर्दा फिल्मको उत्सुकता अझै बढ्दै जान्छ । फिल्मको प्रचारप्रसारका लागि सार्वजनिक भएको यो गीतले दर्शकहरूको ध्यान आकर्षित गर्ने देखिन्छ ।  

Sep 18, 2024 - 13:12
 0
‘छक्का पन्जा ५’ को गीत सार्वजनिक, गीतमा पूर्व प्रेमिकाको इन्गेजमेन्ट बिथोल्न आइपुगेका प्रेमीको गाली !

काठमाडौं । हास्य प्रधान नेपाली फिल्म शृङ्खला ‘छक्का पन्जा ५’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

असोज २४ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको ‘छक्का पन्जा ५’ को गीत ‘बल्ल बुझैँ चाल तेरो रैछ त्रिताले’ बुधबार सार्वजनिक भएको हो ।

यसअघि सार्वजनिक ‘बिहे भाको छैन, कुमारी नि हैन’ बोलको गीतले चर्चा पाइरहँदा सार्वजनिक यो नयाँ गीतले फिल्मको प्रतीक्षालाई अझै बढाइदिएको छ ।

रमाइलो र हल्का हास्यप्रधान यो गीतमा एक युवतीको इन्गेजमेन्टमा भएको घटनालाई चित्रण गरिएको छ । समारोहको बीचमा युवतीको पुर्वप्रेमी आएर सबैलाई चकित पार्दै आउँछन् । उनले पहिलेको प्रेमसम्बन्धमा गरेको खर्च फिर्ता माग्दै गाली गर्छन् । यसले गीतलाई थप हास्य र रोचक बनाएको छ ।

गीतमा बाबुल गिरीले गायन, शब्द, संगीत र एरेञ्ज छन् । गीतको कोरसमा कृष्ण भट्टराई र अयुष खातीवडाको स्वरले थप ऊर्जा दिएको छ ।

‘छक्का पन्जा ५’लाई दिपाश्री निरौलाले निर्देशन गरेका फिल्मको यो गीतको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन् ।भिडिओमा दीपकराज गिरि, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी आदी कलाकारको अभिनय र नृत्य छ । भिडिओमा मेक्सम गौडेल, सुरबिर पण्डित, र रमेश्वर केसी पनि देखिन्छन् ।

गीत हेर्दा फिल्मको उत्सुकता अझै बढ्दै जान्छ । फिल्मको प्रचारप्रसारका लागि सार्वजनिक भएको यो गीतले दर्शकहरूको ध्यान आकर्षित गर्ने देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register