दुई महिना नपुग्दै मिस नेपाल राजनीतिमा, राप्रपाको केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । ‘मिस नेपाल २०२४’ आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक करियर सुरु गरेकी छन् । राप्रपाको ‘नविन राप्रपा’ कार्ययोजना अन्तर्गत २६ वर्षीया केसी सिधै केन्द्रीय सदस्य मनोनीत भएकी हुन् । उनीसहित अन्य १० महिला र १० पुरुष केन्द्रीय सदस्य बनेका छन् । मिस नेपाल भएपछि उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । […]

Sep 18, 2024 - 13:16
 0
दुई महिना नपुग्दै मिस नेपाल राजनीतिमा, राप्रपाको केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । ‘मिस नेपाल २०२४’ आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक करियर सुरु गरेकी छन् ।

राप्रपाको ‘नविन राप्रपा’ कार्ययोजना अन्तर्गत २६ वर्षीया केसी सिधै केन्द्रीय सदस्य मनोनीत भएकी हुन् । उनीसहित अन्य १० महिला र १० पुरुष केन्द्रीय सदस्य बनेका छन् ।

मिस नेपाल भएपछि उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । सोहीअनुसार मिस नेपाल बनेको दुई महिना नपुग्दै उनले राप्रपाबाट राजनीतिमा पाइला राखेकी हुन् ।

साउन २० गते हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै केसी ‘मिस नेपाल २०२४’ बनेकी थिइन् ।

केसी उद्यमी तथा सोसल वर्ककी विद्यार्थी पनि हुन् । सोसल वर्कमा स्नातक गरेकी उनी इम्पोर्ट डिस्ट्रिब्युसन एक्सपोर्टको व्यवसायमा सक्रिय छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register