शिल्पीमा नाटक ‘मुक्कुमलुङ’ (तस्वीरहरू)

काठमाडौँ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गतेदेखि नाटक ‘मुक्कुमलुङ’ को मञ्चन सुरु भएको छ। डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित यो नाटकलाई प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेका छन्। नाटकमा हाल पाथीभराको नामले चिनिने मुक्कुमलुङ डाँडाको रैथाने नाम कायम गर्न गरिएको सङ्घर्ष बारे देखाउन खोजिएको छ। याक्थुङ (लिम्बू) को जीवन दर्शन व्याख्या गर्ने मुन्धुममा ‘मुक्कुमलुङ’ […]

Sep 19, 2024 - 01:40
 0
शिल्पीमा नाटक ‘मुक्कुमलुङ’ (तस्वीरहरू)

काठमाडौँ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गतेदेखि नाटक ‘मुक्कुमलुङ’ को मञ्चन सुरु भएको छ।

डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित यो नाटकलाई प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेका छन्।

नाटकमा हाल पाथीभराको नामले चिनिने मुक्कुमलुङ डाँडाको रैथाने नाम कायम गर्न गरिएको सङ्घर्ष बारे देखाउन खोजिएको छ।

याक्थुङ (लिम्बू) को जीवन दर्शन व्याख्या गर्ने मुन्धुममा ‘मुक्कुमलुङ’ विश्वास र आस्थाको धरोहर मानिन्छ। फेदाङ्‌मा, साम्बा, येबा-येमाहरुले मुन्धुम फलाक्दा यसलाई विभिन्न नामले पुकार्छन्, जस्तै मुक्कुमलुङ माङ र सेमुक्तु मुक्तुबुङ। मुन्धुमअनुसार, मुक्कुमलुङ आदिवासी याक्थुङहरुको परम पूज्य ‘तागेरानिड्वाफुमाङ’ को वासस्थान समेत हो।

रङ्गकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी नाटक ‘मुक्कुमलुङमा कलाकारहरू रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमीला राई, प्रायस बान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्ज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, हिरन राईको अभिनय रहेको छ।

नाटक यही असोज २० गतेसम्म मङ्गलवार बाहेक हरेक साँझ ५:१५ बजे मञ्चन गरिने छ। शनिवार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register