टीभीएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटीको फ्युल इन्जेक्सन भेरियन्ट सार्वजनिक

काठमाडौँ । टीभीएसको रेडर, एनटर्क र रेडिअन  बाइक तथा स्कुटीको फ्युल इन्जेक्सन भेरियन्ट नेपालमा सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा टू ह्विलर तथा थ्री ह्विलरको ख्यातिप्राप्त निर्माता टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस रेडर (एफआइ) , टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट  र  टीभीएस  रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको हो । यी नयाँ उत्पादनका साथ टीभीएस […]

Sep 13, 2024 - 08:52
 0
टीभीएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटीको फ्युल इन्जेक्सन भेरियन्ट सार्वजनिक

काठमाडौँ । टीभीएसको रेडर, एनटर्क र रेडिअन  बाइक तथा स्कुटीको फ्युल इन्जेक्सन भेरियन्ट नेपालमा सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा टू ह्विलर तथा थ्री ह्विलरको ख्यातिप्राप्त निर्माता टीभीएस मोटर कम्पनीले २०२४ टीभीएस रेडर (एफआइ) , टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट  र  टीभीएस  रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको हो ।

यी नयाँ उत्पादनका साथ टीभीएस मोटर कम्पनीले उत्साहीलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको (फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ । टिभिएसले यी  फ्युल इन्जेक्सन भेरियन्टका टू-ह्विलरहरु  बिएस भिआइ एफआइ प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भूत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ । यी नयाँ उत्पादनहरू एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिस डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरलाई ध्यानमा राखी बनाइएको छ ।

टीभीएस मोटर कम्पनीका उपाध्यक्ष इन्टरनेसनल बिज्नेस, राहुल नायकले भने, ‘हामी हाम्रो मिलेनियल र डिजिटलाइजेसन निर्भर जेन जी ग्राहकहरूको लागी स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पिडिलाई उपयुक्त हुनेगरि आफ्नो उत्पादनहरू अघि बढाउँछौ । नेपाल सधैँ हाम्रो लागि एउटा मूल्य व्यापार केन्द्र रहेको छ  र टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र  टिभिएस रेडिआन (एफआइ) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ । यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले हाम्रो नवीनता प्रति प्रतिबद्धता देखाउँछ।  यो विशेष रूपमा रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूको लागि बनाइएको साधन हो ।’

जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘नेपालमा विगत ९ वर्षदेखि टीभीएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा हामी फेरि ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी छौं। टीभीएस मोटरले सधैं हाम्रा नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ । हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरूलाई  यी नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टीभीएस कम्पनीको पकड अझ मजबुत पार्नेछ । नयाँ भेरियन्टहरू सबै उत्साहीहरुको पक्कै पनि  मन जित्नेछ र सवारी अनुभवलाई सबैभन्दा राम्रो बनाउनेछ ।’

टीभीएस रेडर  एफआइ भेरियन्ट: टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको  छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुऱ्याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ । फ्युल दक्षता:  यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस्  कि लामो सवारीको लागि किफायती बनाउँछ। उत्तम प्रदर्शन:राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्।

परिष्कृत स्टाइलिङस् टीभीएस रेडर  एफ़आइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरुमा उपलब्ध छ । टीभीएस एनटर्क भेरियन्ट: टीभीएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ। यस भेरियन्टमा पाइने कुराहरु:

• सुपीरियर थ्रॉटल रेस्पोन्स: उन्नत एफआइ प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ।

• इको-फ्रेन्डली राइड: राम्रो फ्युल  व्यवस्थापनको साथ, टीभीएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ ।

• अत्याधुनिक डिजाइन: एफआइ भेरियन्टले एनटर्कको  आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टीभीएस रेडिअन  एफआइ भेरियन्टस् आधुनिक यात्रीको लागि डिजाइन गरिएको टीभीएस रेडिअन  एफआइले १५ % माइलेज दिन्छ , जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ। यस भेरियन्टमा पाइन सकिने फाइदाहरु:

• स्थायित्वस् रेडिअन  एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने  माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

• आरामदायी र सुविधाजनक-यस  भेरियन्टमा भएको  लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल,  दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल  गियर सेल्फ९स्टार्ट सुविधाले , सवारीको अनुभव बढाउन्छ।

• सुरक्षित:  सुरक्षालाई  ध्यानमा  राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ ।

टीभीएस रेडर , टीभीएस  एनटर्क र  टीभीएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टिभिएस  डिलरशिपमा उपलब्ध छन्। टीभीएस रेडर  एफआइ  को मूल्य रु दुई लाख ९२ हजार नौ सय र टीभीएस  एनटर्क एफआइ को मूल्य रु दुई लाख ७९ हजार नौ सय र टीभीएस रेडिअन  एफआइको मूल्य रु दुई लाख ३६ हजार नौ सय रहेको  छ।

टीभीएस मोटर कम्पनी बिइसई र ५३२३४३ र इनइसई: टिभि मोटर विश्वभर प्रसिद्ध दुई र तीन पांग्रे सवारी साधन उत्पादन कम्पनी हो । यस कम्पनीले  भारत र इन्डोनेसियामा अत्याधुनिक उत्पादन सुविधा राखेर दिगो गतिशीलतामा प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ। १०० वर्षको विश्वास, मूल्य, र ग्राहकप्रतिको भावनामा आधारित, यो उच्च गुणस्तरका नयाँ र दिगो प्रक्रियाहरूको माध्यमबाटअन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्पादनहरू निर्माणमा गर्व गर्दछ ।  टीभीएस मोटर केवल एकमात्र दुई९पांग्रे सवारी साधन कम्पनी हो जसले प्रतिष्ठित डेमिङ पुरस्कार जितेको छ। हाम्रा उत्पादनहरू जेडी पावर आइक्युएस  र अपिल  सर्वेक्षणहरूमा आफ्ना वर्गमा  अगाडि छ । हामीले लगातार चार वर्ष जेडी पावर ग्राहक सेवा सन्तोषजनकता सर्वेक्षणमा नं। १ कम्पनीको रैंक प्राप्त गरेका छौं।

व्यक्तिगत ई-मोबिलिटी स्पेसमा हाम्रा सहायक कम्पनीहरू, स्विस ई-मोबिलिटी समूह-इसइएमजी र इजीओ मुभमेन्ट  स्विट्जरल्याण्डको ई-बाइक मार्केटमा अग्रणी स्थानमा छन्। टीभीएस मोटर कम्पनीले हामीले सञ्चालन गर्ने ८० देशहरूमा सबैभन्दा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयास गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register