गोकर्णेश्वरमा दिवङ्गत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो… (फोटो-कथा)

काठमाडौँ । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै सोमबार कुशे औँसी पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ ।  आजको विशेष दिनमा काठमाडौँको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी […]

Sep 2, 2024 - 04:17
 0
गोकर्णेश्वरमा दिवङ्गत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो… (फोटो-कथा)

काठमाडौँ । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै सोमबार कुशे औँसी पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ । 

आजको विशेष दिनमा काठमाडौँको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ । यही कारण आजको औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिधादान गर्नेको भीड लागेको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुवा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिधादान गरेमा पुण्य मिल्नका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ । दान दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register