पेजर–वाकीटकी आक्रमण : लेबनानमा हालसम्म ३२ जनाको मृत्यु, ३५०० भन्दा बढी घाइते

काठमाडौं । पेजर र वाकी-टकी विस्फोटमा परी लेबनानमा हालसम्म ३२ जनाको मृत्यु भएको छ भने ३ हजार ५०० भन्दा बढी घाइते भएका छन् । लेबनानको राजधानी बेरुत र अन्य धेरै शहरहरूमा बुधबार लगातार दोस्रो दिन पनि विस्फोट भएको थियो । यस पटक वाकी–टकीको पनि विस्फोट गरिएको थियो। यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने […]

Sep 19, 2024 - 04:12
 0
पेजर–वाकीटकी आक्रमण : लेबनानमा हालसम्म ३२ जनाको मृत्यु, ३५०० भन्दा बढी घाइते

काठमाडौं । पेजर र वाकी-टकी विस्फोटमा परी लेबनानमा हालसम्म ३२ जनाको मृत्यु भएको छ भने ३ हजार ५०० भन्दा बढी घाइते भएका छन् ।

लेबनानको राजधानी बेरुत र अन्य धेरै शहरहरूमा बुधबार लगातार दोस्रो दिन पनि विस्फोट भएको थियो । यस पटक वाकी–टकीको पनि विस्फोट गरिएको थियो। यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भए। मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्।

यसको एक दिन अघि सेप्टेम्बर १७ मा हजारौं पेजर विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो र २ हजार ८०० भन्दा बढी घाइते भएका थिए। यसरी २ दिनमा लेबनानमा ३२ जनाको ज्यान गएको  अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्  ।

लेबनानमा हिजबुल्लाहका लडाकूहरू एक–अर्कासँग कुराकानी गर्न पेजर र वाकी–टकीको प्रयोग गर्छन्। इरानको समर्थन प्राप्त संगठन हिजबुल्लाहले यी आक्रमणहरू पछाडि इजरायलको हात रहेको बताएको छ।

त्यसैबीच, यस मामिलामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार आपतकालीन बैठक बोलाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register