आजदेखि सर्वसाधारणले धरहरा चड्न पाउने… (फोटो-कथा)

काठमाडौँ । आजदेखि सर्वसाधारणले धरहरा चड्न पाउने भएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरा सर्वसाधारणले चड्न पाउने भएका हुन् । तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्धघाटन गरेको धरहरा आज पुन: उद्धघाटन गरी संचालनमा ल्याईएको हो । तर, धरहरा सर्वाधरणका लागि खुला गरे तापनि धरहराको कतिपय काम नै बाँकी […]

Sep 19, 2024 - 06:56
 0
आजदेखि सर्वसाधारणले धरहरा चड्न पाउने… (फोटो-कथा)

काठमाडौँ । आजदेखि सर्वसाधारणले धरहरा चड्न पाउने भएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरा सर्वसाधारणले चड्न पाउने भएका हुन् ।

तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्धघाटन गरेको धरहरा आज पुन: उद्धघाटन गरी संचालनमा ल्याईएको हो । तर, धरहरा सर्वाधरणका लागि खुला गरे तापनि धरहराको कतिपय काम नै बाँकी रहेको छ ।

२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टीनको छाना हालेर राखिएको छ । यो आयोजना  पुनःनिर्माण प्राधिकरणको समय सीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालयमातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।

हाललाई धरहरा चड्न शुल्क तिर्नु पर्दैन भने एक दिनमा ५०० जनालाई मात्र चड्न दिने जनाईएको छ । धरहरा चड्न अनलाइन बुकिङ गर्नु पर्नेछ भने फरक क्षमाता भएकाहरुलाई दिनको १०० वटा कोटा छुट्याईएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register