‘धितोपत्र बोर्डमा तुरुन्त अध्यक्ष नियुक्त हुनुपर्छ, बजार पूँजीकरणको गणना मिलेको छैन, सच्याईयोस्’ : सांसद हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्डको अध्यक्ष तुरुन्त नियुक्त गर्नुपर्ने बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ९ महिनासम्म अध्यक्ष नियुक्त नहुँदा बजार प्रभावित भएको दाबी गर्दै अर्थमन्त्रीलाई तुरुन्त अध्यक्ष नियुक्त गर्न अनुरोध गरेका छन् । ढकालले […]

Aug 27, 2024 - 12:19
 0
‘धितोपत्र बोर्डमा तुरुन्त अध्यक्ष नियुक्त हुनुपर्छ, बजार पूँजीकरणको गणना मिलेको छैन, सच्याईयोस्’ : सांसद हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्डको अध्यक्ष तुरुन्त नियुक्त गर्नुपर्ने बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ९ महिनासम्म अध्यक्ष नियुक्त नहुँदा बजार प्रभावित भएको दाबी गर्दै अर्थमन्त्रीलाई तुरुन्त अध्यक्ष नियुक्त गर्न अनुरोध गरेका छन् ।

ढकालले ६६ लाख लगानीकर्ताको लगानी सुरक्षित गर्न र बजारलाई प्राकृतिक लयमा चल्न दिन सेयर बजारका बारेमा नबुझी नबोल्न पनि अन्य सांसदहरुलाई आग्रह गरे ।

बजार पूँजीकरणको गणना नमिलेको भन्दै ढकालले यसलाई तुरुन्त सच्याउन पनि अर्थमन्त्रीलाई आग्रह गरेका छन् । कारोबार हुने सेयरको मात्र पूँजीकरण गणना हुनुपर्नेमा जोड दिँदै ढकालले यस विषयमा निष्कर्ष निकाल्न तुरुन्त कार्यदल बनाउनुपर्नेसमेत बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register