‘काम गरेर देखाउने बाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन’: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेर देखाउने बाहेक यो सरकारसँग अरु कुनै एजेन्डा नरहेको बताएका छन् । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको स्पष्ट पारेका हुन् । सँगै […]

Sep 19, 2024 - 08:20
 0
‘काम गरेर देखाउने बाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन’: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेर देखाउने बाहेक यो सरकारसँग अरु कुनै एजेन्डा नरहेको बताएका छन् । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेण्डा नरहेको स्पष्ट पारेका हुन् ।

सँगै उनले विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको पनि बताए । उनले संविधानलाई समयानुकुल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गरिने पनि स्पष्ट पारेका छन् । यस्तै राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट गर्न सकिने पनि बताएका छन् ।

संशोधन प्रक्रियामा संसदको गणितीय सङ्ख्या मात्रै नहेर्ने भन्दै सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास हुने बताएका छन् । प्रधानमन्त्री ओलीले युवा-पुस्ताकै बलमा मुलुक रुपान्तरण गर्न सकिने बताएका छन् । सँगै ओलीले समाजमा आगो लगाउँछु भन्नेहरुबाट युवा पस्ताले आफूभित्रको केही गरौँ भन्ने आगोलाई बचाउन आग्रह पनि गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register