संविधान संशोधन गरेर पुग्दैन, पुनर्लेखन गर्नुपर्छ : राजेन्द्र महतो

जनकपुरधाम । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन गरेर नपुग्ने भएकोले पुनर्लेखन नै गर्नुपर्ने बताएका छन् । महतोले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न प्रश्नहरु उठाउनुका साथै आजको दिनलाई विरोध दिवसको रुपमा मनाउन आह्वान गरे । सिमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, विभिन्न […]

Sep 19, 2024 - 08:24
 0
संविधान संशोधन गरेर पुग्दैन, पुनर्लेखन गर्नुपर्छ : राजेन्द्र महतो

जनकपुरधाम । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन गरेर नपुग्ने भएकोले पुनर्लेखन नै गर्नुपर्ने बताएका छन् ।

महतोले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न प्रश्नहरु उठाउनुका साथै आजको दिनलाई विरोध दिवसको रुपमा मनाउन आह्वान गरे ।

सिमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अविशिष्ट अधिकार प्रदेशलाई, स्थानीय तह दलविहीन, परिभाषामा सबै राष्ट्रियता समेट्नुपर्ने, अधिकार सम्पन्न प्रदेश, प्रस्तावना सच्याउनुपर्ने लगायत मधेसका मुद्दा थाती नै रहेको दाबी गर्दै उनले संविधानको पुनर्लेखनको खाँचो औंल्याएका हुन् ।

उनले २०७२ असोज ३ गते संविधान जारी भइरहँदा एकातिर हर्ष उल्लास र अर्कोतिर मधेसमा दमन गरिएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register