डेढ करोडको सामानसहित २ भारतीय पक्राउ

हेटौंडा ।  मकवानपुर प्रहरीले भन्सार छलिएका लत्ताकपडा तथा सवारीसाधनसहित २ भारतीयलाई पक्राउ गरेको छ । सोमबार हेटौंडा–१५ स्थित प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०५ जीडी १३४३ नम्बर भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएका १ करोड ३५ लाख बराबरका सामानसहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ट्रकचालक भारतको बिहार मोतिहारी थाना […]

Sep 19, 2024 - 11:22
 0
डेढ करोडको सामानसहित २ भारतीय पक्राउ

हेटौंडा ।

 मकवानपुर प्रहरीले भन्सार छलिएका लत्ताकपडा तथा सवारीसाधनसहित २ भारतीयलाई पक्राउ गरेको छ । सोमबार हेटौंडा–१५ स्थित प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०५ जीडी १३४३ नम्बर भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएका १ करोड ३५ लाख बराबरका सामानसहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ट्रकचालक भारतको बिहार मोतिहारी थाना तुकालिया पूर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक थाना बञ्जरिया पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मिया छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी पुर्जी दिइ उनीहरुको शरीर तथा ट्रक खानतलासी गर्दा ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर प्रतिबोरा ५० किलोका दरले २ सय ६४ बोरा आलु राखी भित्री भागमा लुकाइ ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोलसहितको सर्ट एवम् पाइन्टका कपडा ल्याएको भेटिएको थियो।

भारतीय ट्रक, ट्रकचालक र सहचालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register