धरहरा चढ्न सर्वसाधारणको लाम, लागू भएन अनलाइन टिकट

काठमाडौं । सर्वसाधारणका खुला गरिएको पहिलो दिन नै धरहरा चढ्नेको भिड लागेको छ । अनलाइन टिकट बुकिङ गरेर आएकाहरु पनि घण्टौं लाइन बसेका छन् । केही त पालो नआएर फर्कन बाध्य भएका छन् । अनलाइन टिकट बुकिङको व्यवस्था गरिएपनि टिकट नलिएकाहरु पनि प्रवेश गरेपछि बुकिङ गर्नेहरुले पालो नपाएका हुन् । भिड नियन्त्रण गर्न नसक्दा अनलाइन […]

Sep 19, 2024 - 11:24
 0
धरहरा चढ्न सर्वसाधारणको लाम, लागू भएन अनलाइन टिकट

काठमाडौं । सर्वसाधारणका खुला गरिएको पहिलो दिन नै धरहरा चढ्नेको भिड लागेको छ ।

अनलाइन टिकट बुकिङ गरेर आएकाहरु पनि घण्टौं लाइन बसेका छन् । केही त पालो नआएर फर्कन बाध्य भएका छन् ।

अनलाइन टिकट बुकिङको व्यवस्था गरिएपनि टिकट नलिएकाहरु पनि प्रवेश गरेपछि बुकिङ गर्नेहरुले पालो नपाएका हुन् ।

भिड नियन्त्रण गर्न नसक्दा अनलाइन बुकिङ गरेकाहरुलाई पालो दिन नसकिएको सुरक्षामा खटिएका प्रहरी निरिक्षक देवेन्द्रराज जोशीले बताए ।

उनले भने, ‘तपाईं सुरुमा आउनुभएको भए थाहा पाउनुहुन्थ्यो । टिकट नभएकाहरुले पालो मिच्दै जान थाले । त्यसैले टिकट सिस्टम लागू हुन पाएन ।’

धरहरा चढ्न अनलाईन बुकिङ गरेर आएकाहरुले पालो नपाएपनि वृद्धवृद्वालाई भने पालो दिइएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register