ठमेलमा  “ठमेल नख:” महोत्सव हुने     

काठमाडौँ।  ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा, ४४ औं विश्व पर्यटन दिवस-२०२४ को अवसरमा ठमेलमा ‘ठमेल नख: ‘ महोत्सव हुने भएको छ । यही असोज ११ गते (सेप्टेम्बर २७) मा हुने उक्त  महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्तीय संयोजन रहने आयोजकले जनाएको छ।   ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा […]

Sep 19, 2024 - 11:54
 0
ठमेलमा  “ठमेल नख:” महोत्सव हुने     

काठमाडौँ। 

ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा, ४४ औं विश्व पर्यटन दिवस-२०२४ को अवसरमा ठमेलमा ‘ठमेल नख: ‘ महोत्सव हुने भएको छ ।

यही असोज ११ गते (सेप्टेम्बर २७) मा हुने उक्त  महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्तीय संयोजन रहने आयोजकले जनाएको छ।  

ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नख: ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्ने छ  । उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउने  कार्यक्रम सेट गरिएको जनाइएको छ। 

महोत्सवमा नेपालको सांस्कृतिक सम्पदा झल्काउने परम्परागत र समसामयिक नृत्य, संगीत, नाटक प्रस्तुत गरिने छ। 

यस्तै ठमेल र काठमाडौंको कलात्मक स्वभावको सारलाई समात्ने स्थानीय कलाकारहरूद्वारा कला प्रदर्शनी, चङ्गा प्रदर्शन, स्थानीय र अन्तर्राष्ट्रिय परिकारहरू सहितको ठमेलको उत्कृष्ट स्वादका खानाको यात्रा, मार्सल आर्टको रोमाञ्चक प्रदर्शन, लाइभ सङ्गीत,स्थानीय ट्याटु कलाकारहरूको कलात्मकताको प्रदर्शनी रहने आयोजकले जनाएको छ। 

सन् १९८९ मा स्थापना भएको ठमेल पर्यटन विकास परिषद् (TTDC) ले ठमेललाई पर्यटनको जीवन्त केन्द्रको रूपमा प्रवर्द्धन गर्न प्रमुख भूमिका खेलेको छ । 

TTDC  र दि काठमाण्डु पोष्ट बीचको यो सहकार्यले ठमेलको  पर्यटकीय गन्तव्यको हैसियत बढाउने विश्वास आयोजकले लिएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register