रवि भन्छन्- शेरबहादुर देउवा रिसाएको एक मिनेटमा सरकार ढल्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई आग्रह, पूर्वाग्रह बिना हेरिनुपर्ने बताएका छन् । बिहीबार पार्टीद्वारा आयोजित ‘संविधान मन्थन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “अन्याय नगरीकन रास्वपालाई हेरिदिनुपर्‍यो, समाजमा धेरैको रोल हुन्छ, त्यसमध्ये हामी पनि हौँ,” उनले भने, “आग्रह, पूर्वाग्रहबाट उठ्नुपर्‍यो ।” उनले रास्वपासँग भातृसङ्गठन नभएको उल्लेख […]

Sep 19, 2024 - 11:52
 0
रवि भन्छन्- शेरबहादुर देउवा रिसाएको एक मिनेटमा सरकार ढल्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई आग्रह, पूर्वाग्रह बिना हेरिनुपर्ने बताएका छन् ।

बिहीबार पार्टीद्वारा आयोजित ‘संविधान मन्थन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “अन्याय नगरीकन रास्वपालाई हेरिदिनुपर्‍यो, समाजमा धेरैको रोल हुन्छ, त्यसमध्ये हामी पनि हौँ,” उनले भने, “आग्रह, पूर्वाग्रहबाट उठ्नुपर्‍यो ।”

उनले रास्वपासँग भातृसङ्गठन नभएको उल्लेख गर्दै भने, “अहिलेका समस्यामध्ये एउटा त भातृसङ्गठन हो नि । विश्वविद्यालयतिर तिनकै कारण समस्या भएको छ तर, हामीसँग छैन भातृसङ्गठन । हामी रिकल गर्न सक्छौँ । यी कुराहरू त भनिदिनुपर्‍यो नि !”

फरक प्रसङ्गमा उनले वर्तमान सरकार दुईतिहाइको भए पनि जनतामा आशा नपलाएको बताए । “सरकार दुईतिहाइको छ, जनतामा आशा पलाउनुपर्ने हो, मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो । तर, खै देखिँदैन त । दुईतिहाइ सरकारको प्राथमिकता के ? संविधान संशोधन गर्छु भनेर आफ्नो राजनीतिक सौदाबाजी गर्ने ? दुईतिहाइको सरकारमा आत्मविश्वास, बल केही छैन ।”

उनले शेरबहादुर देउवा रिसाएको एक मिनेटमा सरकार ढल्ने बताए । “फ्र्याङ्क्ली भन्छु, शेरबहादुर देउवा रिसाएको एक मिनेटपछि सेकेन्डभरमा यो सरकार ढल्छ । अस्थिरता यहाँबाट सुरु हुन्छ,” उनले भने ।

यसका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणालीमा जानुपर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register