मिलनसार बझाङ्ग !

बझाङ्ग सुदूरपश्चिमका ९ वटा जिल्लामध्येको एक जिल्ला हो । सुदूरपश्चिम भारत र चीनसँग सिमाना जोडिएको प्रदेश हो । यो प्रदेशमा जम्मा ९ वटा जिल्लाहरू रहेका छन् । यसको क्षेत्रफल १९ हजार ५३९ वर्ग किलोमिटर रहेको छ । यहाँको कुल जनसङ्ख्या २ लाख ५२ हजार५१७ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेश मुख्य […]

Sep 21, 2024 - 04:17
 0
मिलनसार बझाङ्ग !

बझाङ्ग सुदूरपश्चिमका ९ वटा जिल्लामध्येको एक जिल्ला हो । सुदूरपश्चिम भारत र चीनसँग सिमाना जोडिएको प्रदेश हो । यो प्रदेशमा जम्मा ९ वटा जिल्लाहरू रहेका छन् । यसको क्षेत्रफल १९ हजार ५३९ वर्ग किलोमिटर रहेको छ ।

यहाँको कुल जनसङ्ख्या २ लाख ५२ हजार५१७ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेश मुख्य रूपमा ब्राह्यण, क्षेत्री, ठकुरी, थारु, दलित आदि जातिको बसोबास रहेको छ ।

यस प्रदेशका मुख्य भाषा नेपाली, डोटेली, खस, थारु आदि हुन् । यहाँका मुख्य खेती धान, गहुँ, कोदो, फापर, मकै, जौ आदि हुन् ।

यहाँका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरू खप्तड राष्ट्रय निकुञ्ज, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज, अपी हिमाल, साइपाल हिमाल, बडिमालिका, ब्राह्रसिङ्गे घोडाघोडी ताल, झिल्मिला ताल, दोधारा चाँदनी मुख्य हुन् । यसमध्येको एउटा जिल्ला हो— बझाङ्ग ।

मेरो नाम अर्जुन कुमार सार्की हो । म जन्मिएको गाँउ हो, जयपृथ्वी नगरपालिका वडा नं. ५ कोटेली । म हाल काठमाडौंमा बसोबास गरिरहेको छु । मेरो जन्म २०५९/०२/०३ गते त्यही गाउँमा भएको थियो ।

यस जिल्लाको पूर्वमा बाजुरा र हुम्ला, पश्चिममा बैतडी र दार्चुला, उत्तरमा हुम्ला र चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणमा बैतडी र डोटी जिल्ला अवस्थित छन् । यसको कुल क्षेत्रफल ३ हजार ४२२ वर्ग किलोमिटर रहेको छ । यहाँको जम्मा जनसङ्ख्या १ लाख ६७ हजार २६ रहेको छ । यस जिल्लामा जम्मा १२ वटा स्थानीय तह रहेका छन्, जसमा २ वटा नगरपालिका र १० वटा गाँउपालिका हुन् ।

१२ वटा स्थानीय तहमध्येको यो एउटा यो गाउँ हो, जयपृथ्वी नगरपालिकाको वडा नं. ५ कोटेली । यो गाँउ चारैतिर पहाडले घरिएको बीचमा सलल बग्ने सेती नदी, चारैतिर हराभरा डाँडाकाँडा, उत्तरमा टल्किने हिमाल र अलि तलतिर सेती र बाहुली खेलामा रहेका सदरमुकामको बजार सेतीको छोउछाउमा उर्वर भूमि रहेको छ ।

अब कुरा गरौँ गाँउका मानिसहरूको । यो गाँउका मानिस प्रायः खेतीपाती वा पशुपालन (गाई, भैसी, बाख्रा, कुखुरा, माछा) बाट जीविकोपार्जन गर्छन् । केही मानिसहरू रोजगारीको सिलसिलामा भारतसम्म पुग्ने गरेका छन् । कोही भने यार्सगुम्बा टिपेर जीवन धान्छन् । यो गाउँका मानिसहरूमा अति नै मिलनसार हुनुका साथै एकअर्कालाई पर्दावर्दा सहयोग गर्ने बानी छ ।

जस्तैः यो गाँउमा कुनै एक व्यक्तिको घर बनाउँदा सबै मानिसहरूले एकअर्कालाई सहयोग गर्छन् । कसैको विवाह ब्रतवन्ध हुँदा सबै गाँउलेहरूले एकले अर्कालाई सहयोग गर्छन् । हाम्रो गाउँमा एकजनाको विवाह हुँदा चार गाँउका सबै मानिस सहभागी हन्छन् । रातभरि बाबर, सेलरोटी, पुरी, बटुक (मासको परिकार), पुलाउ, मासुलगायतका मिष्ठान्न परिकार बनाउँछन् ।

बिहान भएपछि सबै पकाएका परिकारलाई एक ठाउँमा थन्काएर राखिन्छ । अनि त्यो दिनको १०/११ बजेतिर सबै गाँउलाई भोज खुवाउने गरिन्छ । सबै गाउँलेलाई भोज खुवाउँदा करिब ४/५ नै बजिसक्छ । योचाहिँ बेहुलीको घरको हो भने बेहुलाको घरमा बेहुलीलाई लिएर गएको पछिल्लो दिनमा अर्थात् बेहुली भित्र्याएको भोलिपल्ट भोज खुवाउने गरिन्छ । अनि त्यो दिन बेहुला र बेहुली दुवैको घरमा देउडा खेल्ने, नाचगान गर्दै असाध्यै रमाइलो गर्ने गरिन्छ ।

कसैको घरमा छोरा जन्मिँदा ८ दिनसम्म लगातार देउडा खेल्ने र रतेउली गर्ने राति १०/१२ बजेसम्म रमाइलो गर्ने गरिन्छ र ९ दिनपछि बच्चाको न्वारन गरिन्छ । त्यो दिन अति नै रमाइलो गरिन्छ । त्यही दिन बच्चाको नामाङ्करणसमेत गरिन्छ ।

अब अर्को प्रसङ्ग, गाउँमा कसैले नयाँ घर बनाउँदा छाउने अन्तिम दिन सबै गाउँका मानिस जम्मा हुने र सबैले सहयोग गर्ने गर्दछन् । त्यो दिनको कसैले पनि ज्याला नलिने भन्ने मान्यता स्थापित छ । हाम्रो गाउँको एउटा अर्को चलन छ । त्यो हो, नयाँ घर छाइसकेपछि घरको छानाबाट पुरी लडाइन्छ र तलतिर मान्छे हुन्छन्, जसले पुरी समात्न सक्छन्, त्यसैले पुरी खाने गरिन्छ । त्यो दिन खसी काटेर सबैजनालाई मासु र भात खुवाउने गरिन्छ ।

अब कुरा गरौँ यहाँको जीवनशैलीको । यहाँको जीवनशैली एकदमै अस्तव्यस्त खालको छ । यहाँका मान्छे हिउँदको समयमा (गहुँ, जौ, मुसुरो, मोटर, कला र तरकारीमा आलु, टमाटर गाँजर, मुला, भेण्टा, लसुन, प्याज) आदिको खेती गरिन्छ । वर्षाको समयमा (धान, मकै, कोदो, मास, गहत, भटमास, सिमी र तरकारीमा फर्सी, काँक्रो, मुला, गाँजर, टमाटर, लौका, भिन्डी, करेला, तिते करेला र भण्टा) आदिको खेती गरिन्छ ।

वर्षायामको समयमा अत्यन्तै रमाइलो हुन्छ । यो बेला मेला पातको समय हो । यतिबेला जहाँ त्यहीँ रमाइलो हुन्छ, जहाँत्यहीँ हरियाली हुन्छ । त्यसैले मेरो गाउँ अति नै रमाइलो छ । अहिले अझ चाड नजिकिएको छ । अब अधिकांश मान्छे सहरबाट गाउँ जान्छन् र गाउँमै रमाइलो गर्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register