ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्यवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई बिग मार्टमा छुट हुने भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सरसमान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट हुने भएको हो । उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुनेछ । बैंकले विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका […]

Sep 20, 2024 - 13:25
 0
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्यवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई बिग मार्टमा छुट हुने भएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सरसमान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट हुने भएको हो ।

उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुनेछ । बैंकले विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register