बेलायतका दर्शकको मन जितेर फर्किए गायक श्रेष्ठ

लन्डन– ‘म पत्थरको देवता होइन तोडिएर जोडिने न म त्यो देव हुँ सधैँ बाँचिरहने’ नेपाली सांगीतिक आकाशका धरोहर वरिष्ठ गायक दीप श्रेष्ठ बिहीबार सांझ इंग्ल्याण्डको हाइवेकम्बमा आयोजित एउटा ‘डिसेन्ट’ लाइभ कन्सर्टमा शुरुमा यही गीत गाएर प्रस्तुत भए । गायक श्रेष्ठले माथिको गीत रेकर्ड गराएर वि.
सं. २०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । यूके […]

Sep 20, 2024 - 23:16
 0
बेलायतका दर्शकको मन जितेर फर्किए गायक श्रेष्ठ

लन्डन–

‘म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने’

नेपाली सांगीतिक आकाशका धरोहर वरिष्ठ गायक दीप श्रेष्ठ बिहीबार सांझ इंग्ल्याण्डको हाइवेकम्बमा आयोजित एउटा ‘डिसेन्ट’ लाइभ कन्सर्टमा शुरुमा यही गीत गाएर प्रस्तुत भए ।

गायक श्रेष्ठले माथिको गीत रेकर्ड गराएर वि.
सं. २०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका थिए ।

यूके कन्सर्टमा उनले राजा महेन्द्रको हुकुमबाट रेडियो नेपालमा गाउने अवसर पाएको स्मरण गरिरहंदा ५५ वर्षदेखि गायनमा सक्रिय रहंदाका विभिन्न किस्सा पनि सुनाए ।

नेपाल फर्कनु एकदिन अघि श्रेष्ठको एकल सांझ भएको थियो हाइवे कम्बस्थित ‘डल्फिन आई पब एण्ड रेष्टुरेन्ट’ मा ।

‘म त दुरदेखि आएं…’ हो, करिब ५५०० माइल टाढाबाट आएका पाका गायकले यो गीत गाउंदा बेलायतका संगीतप्रेमी नेपालीले पनि निकै सम्मान अर्पण गरे ।

लाइभ म्यूजिकका साथ भएको उक्त कन्सर्टमा संख्यात्मक रुपमा थोरै तर क्वालिटीका दर्शक थिए । गायक श्रेष्ठले कार्यक्रममै यहां जस्तो शालिन र एकाग्र दर्शक नपाएको टिप्पणी गरेका थिए ।

कार्यक्रममा गायक श्रेष्ठले ‘बितेका कुरा’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा ऐठन हुन्छ’, ‘मेरो आंखामा’, ‘हुं यात्री एउटा’, ‘एक्लै तिमी नआउ म मातिएको बेला’ जस्ता दर्जनौं सदावहार गीत समेत गाएर बेलायतका दर्शकको मन एकपटक फेरि जिते ।

गायक श्रेष्ठले स्थानीय गायिका तयाहाङ्मा राईसंग ड्वेट पनि गाएका थिए भने लन्डनवासी गायक प्रमोद शर्माले समेत केही गीत सुनाए ।

आयोजकमध्ये एक सिद्धार्थविक्रम क्षेत्रीले छोटो समय बाबजुद कार्यक्रममा सहभागी हुने सबैप्रति आभार व्यक्त गर्दै स्वागत गरेका थिए । विगतमा समेत कन्सर्ट गरेका क्षेत्रीले गायक श्रेष्ठको अनुरोधमा लास्ट मिनेटमा कन्सर्ट तय हुंदा पनि उल्लेख्य दर्शक सहभागिता भएकोप्रति खुशी व्यक्त गरे ।

उनले भेन्यू र खाना उपलव्ध गराउने ‘डल्फिन आई पब एण्ड रेष्टुरेन्ट’ का सञ्चालक सुरज कार्की, डिजे व्यवस्थापन गर्ने प्रमोद शर्मा र सनमकुमार बैरागसहित लाइभ म्यूजिक प्रस्तुत गर्ने स्थानीय वाद्यवादकहरुप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा अर्का आयोजक स्लाउ नेपलिज कम्युनिटीका संस्थापक केशर पाण्डेले गायक श्रेष्ठलाई खादाले स्वागत गरेपछि कन्सर्ट शुरु भएको थियो ।

गायक श्रेष्ठसंग आयोजक सिद्धार्थविक्रम क्षेत्री

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register