दुबई, अल्बानिया पठाइदिन्छु भन्दै ठगी, झापाका जयनारायण राजवंशीसहित दुई जना पक्राउ

झापा, ५ भदौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–७ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने २८ [...] The post दुबई, अल्बानिया पठाइदिन्छु भन्दै ठगी, झापाका जयनारायण राजवंशीसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

Sep 21, 2024 - 02:14
 0
दुबई, अल्बानिया पठाइदिन्छु भन्दै ठगी, झापाका जयनारायण राजवंशीसहित दुई जना पक्राउ

झापा, ५ भदौ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–७ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल रहेका छन् ।

पक्राउ परेकामध्ये राजनले १ जना पीडितबाट ३ लाख रूपैयाँ र जयनारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

The post दुबई, अल्बानिया पठाइदिन्छु भन्दै ठगी, झापाका जयनारायण राजवंशीसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register