क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ वर्षीय रामहरी भण्डारी रहेका छन्। उनले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं. ०१ सुन्दरीजलबाट असोज ३ गते […]

Sep 20, 2024 - 12:57
 0
क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ वर्षीय रामहरी भण्डारी रहेका छन्।

उनले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौं गोकर्णेश्वर नगरपालिका वडा नं. ०१ सुन्दरीजलबाट असोज ३ गते भण्डारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको प्रहरीले जानाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register