सीमा पिलरको विवाद बढेपछि निरीक्षण गर्न सरकारी टोली प्रस्थान

मुगु। हुम्ला र चीनबीचको सीमा पिलर (११ नम्बर) बारे विवाद बढेपछि मुग र चीनबीचको सीमा छुट्याउने १३ नम्बर पिलर निरीक्षण गर्न सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ। मुगु–चीनबीचकाे सीमा निर्धारण गर्ने १३ नम्बर पिलर निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीकाे नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक खुमबहादुर केसी, मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामासहितको […]

Sep 21, 2024 - 06:11
 0
सीमा पिलरको विवाद बढेपछि निरीक्षण गर्न सरकारी टोली प्रस्थान

मुगु।

हुम्ला र चीनबीचको सीमा पिलर (११ नम्बर) बारे विवाद बढेपछि मुग र चीनबीचको सीमा छुट्याउने १३ नम्बर पिलर निरीक्षण गर्न सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ।

मुगु–चीनबीचकाे सीमा निर्धारण गर्ने १३ नम्बर पिलर निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीकाे नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक खुमबहादुर केसी, मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामासहितको १४ जनाको टोली बिहीबार सिमाक्षेत्र गएको हो ।

हुम्ला–चीनको सिमा पिलरबारे विवाद भएपछि मुगु–चीनबीचकाे सिमा निरीक्षण गर्न सहायक प्रजिअ ज्ञवालीको नेतृत्वमा टोली सिमाक्षेत्रमा खटाइएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए ।

प्रजिअ निरौलाका अनुसार मुगु-चीनबीच सीमा छुट्याउने एकमात्र १३ नम्बर पिलर छ । त्यसको अवस्थाबारे निरीक्षण गृन टोलीलाई सीमाक्षेत्र पठाइएको हो । प्रजिअ निरौलाले भने , ‘सदरमुकाम गमगढीदेखि सिमा क्षेत्र पुग्न चार दिन र फर्किन चार दिनको पैदल यात्रा गर्नु पर्छ । त्यस क्षेत्रमा सञ्चारको कुनै पहुँच नहुँदा टोलीसँग सम्पर्क हुन सकेको छैन ।’

उनका अनुसार हरेक वर्ष उक्त पिलरको अवस्था बुझ्न जिल्लाबाट नियमित टोली जाने गरेको छ । सीमाको अवस्था बुझ्न जाने टोलीले चीनका जनप्रतिनिधिलाई भेटेर सीमा सुरक्षा तथा दुई देशबीचको व्यापार आदार प्रदानबारे छलफल गर्छ ।

यो पटक सीमा पिलर निरीक्षणमा खटिएको टोलीले सिमाक्षेत्रमा सशस्त्र क्याम्प स्थापनाको लागि उपयुक्त स्थान र जग्गाबारे टुंगो लगाउने प्रजिअ निरौलाले बताए । विगतका वर्षमा सीमाक्षेत्रमा रहेको प्रहरी चौकीले सामान्य सुरक्षा प्रदान गर्दै आएको छ । सीमामा स्थायी सुरक्षा नहँुदा बहुमूल्य जडिबुटी र वन्यजन्तुको चोरी शिकारी हुने गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register