पूर्णरुपमा खुल्ने भयो टिकटक, प्राधिकरणले दियो सेवा प्रदायकलाई निर्देशन

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको […]

Sep 6, 2024 - 09:59
 0
पूर्णरुपमा खुल्ने भयो टिकटक, प्राधिकरणले दियो सेवा प्रदायकलाई निर्देशन

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

तर, प्राधिकरणबाट औपचारिक रूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन् । प्राधिकरणले सार्वजनिक सूचना जारी गरेसँगै अब टिकटक सुचारुको बाटो खुलेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register