एमाले महासचिवले दोहोर्‍याए- रवि लामिछानेले भ्रष्टाचार गरेकै हुन्

दाङ । सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार गरेकै बताएका छन् । शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । “रवि लामिछानेले उहाँकै अनुसार बिना लगानीको साझेदारी प्राप्त गर्नुभएको, त्यही काम अन्य राजनीतिक पार्टीका नेताहरूले गरिदिए के हुन्छ ? आफूले लगानी […]

Sep 21, 2024 - 06:25
 0
एमाले महासचिवले दोहोर्‍याए- रवि लामिछानेले भ्रष्टाचार गरेकै हुन्

दाङ । सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार गरेकै बताएका छन् ।

शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

“रवि लामिछानेले उहाँकै अनुसार बिना लगानीको साझेदारी प्राप्त गर्नुभएको, त्यही काम अन्य राजनीतिक पार्टीका नेताहरूले गरिदिए के हुन्छ ? आफूले लगानी नगर्ने तर, १५ प्रतिशत शेयर प्राप्त गर्ने गैरकानूनी, अनैतिक र भ्रष्टाचार हो,” उनले भने ।

उनले अगाडि भने, “अर्थात् बिना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरालाई कानूनले मान्दैन । मचाहिँ असाधारण क्षमताको मान्छे हुँ, दिए त्यसैले लिएँ भन्ने कुरा गैरकानूनी हो ।”

त्यसो त एमाले सांसद सूर्य थापा नेतृत्वको विशेष सहकारी संसदीय समितिले रविको दोष देखाएको छैन । व्यक्तिगत रूपमा रविले अनुचित लाभ लिएको नदेखिएको समिति सभापति थापाले बताएका छन् ।

तर, महासचिव पोखरेल भने निरन्तर रविविरुद्ध खनिन्छन् । गत बुधबार मात्रै पनि उनले जान्नेलाई छान्नेको राजनीति भन्दै कटाक्ष गरेका थिए ।

  • सम्बन्धित समाचार

रविप्रति शंकरको कटाक्ष- जान्नेलाई छान्ने राजनीतिले कस्तो विकल्प दिन खोजेको रहेछ, स्पष्टै भयो – Nepal Views

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register