सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । केही सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँले बढेर रेकर्ड कायम गरेको हो । आज सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार […]

Sep 22, 2024 - 06:29
 0
सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । केही सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँले बढेर रेकर्ड कायम गरेको हो । आज सुन प्रतितोला एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत भदौ ३१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोलामा पाँच रूपैयाँ बढेर एक हजार नौ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register